चितवन । वन र सार्वजनिक मुद्धामा फरार पांँचजना प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा वन मुद्धाका माडीका नगरपालिका वडा नम्बर ९ का माटोकोरे कान्छा भनिने मिन बहादुर सिंतान, वडा नम्बर १ का सुमन बोटे र सन्ते भनिने सन्त बहादुर भुजेल रहेका छन ।
चितवन जिल्ला अदालतले सिंतान लाई ६ महिना कैद र १० हजार कैद, बोटेलाई २ हजार ४५० रुपैंया र भुजेललाई तीनहजार रुपैंया जरिवाना फैसला गरेको थियो । यस्तै सार्वजनिक मुद्धामा फरार रहेका प्रतिवादी माडी नगरपालिका वडा नम्बर १ का संजय महत्तो र सोही ठाउंँका अग्निदेव महत्तोलाई पक्राउ परेका छन ।
संजय र अग्निदेवलाई २ हजार ४२५ जरिवाना फैसला तोकेको थियो । उनीहरु पांँचैजनलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको चितवन जिल्ला अदालत उपस्थित गराईएको चितवन प्रहरीले जनाएको छ ।
Post Views: 812