भरतपुर अस्पतालमा आजदेखि ओपिडी सेवा निःशुल्क

चितवन । भरतपुर अस्पतालले आजदेखि ओपिडी सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकट वापतको शुल्क नलिने भएको हो ।अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालले लिंदै आएको ३० रुपैयाँ शुल्क आजदेखि नलिने निर्णय गरिएको छ ।

अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यस अघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।

पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उहाँको भनाई छ ।अस्पतालमा दैनिक १ हजार ५०० हाराहारी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search