विवादित जनार्दनलाई जोगाउँदै गठबन्धन

विभिन्न विवादमा परिरहने पूर्व पर्यटन मन्त्री प्रेम आलेलाई उनको दल एकीकृत समाजवादीले मन्त्रीबाट हटाइसकेको छ। तर, माओवादीबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा भने हालसम्म जोगिदै आएका छन्।

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराएको, गर्भनर महाप्रसाद अधिकारीलाई हटाएको, देश आर्थिक संकटमा धकेलिएको लगायतका प्रकरणमा देउवा नेतृत्वको मन्त्रिपरिषद्मा सबैभन्दा बढी विवादित हुने मन्त्री हुन शर्मा। शर्माका विवादित प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राजीनामा मागिरहेको छ।

शर्माकै दल माओवादी केन्द्रभित्र पनि उनीविरुद्ध प्रश्न उठिरहेको छ। तर, देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने शर्मालाई जोगाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search