पर्यटकीय गन्तव्य घोषणाका लागि नगर सकरात्मक रहेको छ : हरि न्यौपाने

नवलपुर । देवचुली नगरमा शिसवार पर्यटकीय गन्तव्य घोषणाका लागि आज ९ असार ४ सिसवार मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।

नगर प्रमुख न्यैपानेले कार्यक्रममा वोल्दै सिसवार पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमका लागि वजेट व्यवस्थापन आफ्नो प्रमुख एजेन्डा रहेको वताउनु भएको थियो । निकुञ्ज तटमा बसोवास गर्ने नागरिकको सुरक्षाका लागि कंक्रिट सहितको मेष जाली र सोहि स्थानवाट पर्यटकीय मार्ग निर्माणका लागि नगरसभामा पेश गर्ने वचन समेत व्यक्त गर्नुभएको थियो ।

हाल नगरपालिका भित्र दुई वटा होमस्टेहरु सञ्चालन तथा निर्माणाधिन अवस्थामा रहेका छन् । देवचुलिको तिर देखि नारायणीको तिर सम्म रहेका हरेक जात जातिको अपनत्व रहने गरि कला संस्कृतिको संरक्षणमा वडा र नगरले आवश्यक वजेट व्यवस्थापन गरि कार्यक्रम सञ्चालन गर्नुपर्ने वक्ताहरुले वताएका थिए ।

मध्यवर्ती क्षेत्रको विकास निर्माण र दिगो विकासमा निकुञ्ज प्रसासनले हातेमालो गरि सहकार्य गर्नुपर्ने वक्ताहरुले वताएका थिए । नगर भित्र मध्यवर्ती क्षेत्रमा पर्ने वडाका वडाअध्यक्षहरु , समितिका पुर्व अध्यक्षहरु , लेखा समितिका पदाधिकारिहरु , सल्लाहकारहरु , होमस्टे व्यवसायि , निकुञ्ज कर्मचारि तथा नेपाली सेनाको सहभागिता रहेको थियो । पर्याप्त वजेट अभावका विच वडा भित्र गर्न सकिने पर्यटकीय गतिविधि तथा समग्र नगरले गर्न सक्ने कार्यक्रमका विचमा छलफल गरिएको थियो ।

प्रस्तावित सिसवार पर्यटकीय गन्तव्य नगरको सात वटा वडाहरु पर्दछन् भने सात वटा सामुदायिक वनहरु रहेका छन् सो अन्तरगत रहेको क्षेत्रमा एक सिंगे गैडा , पाटे वाघ , भालु , घडियाल गोहि , हरिण , मृग लगायतका वन्यजन्तुको राम्रो वाससस्थान रहेको छ ।

समितिका सचिव मनहरि पौडेलको स्वागत मन्तव्यरहेको कार्यक्रमको अध्यक्षता सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डे रहनुभएको थियो भने सञ्चालन कार्यालय सचिव सत्यराज अधिकारिले गर्नुभएको थियो । कार्यक्रमको सुरुहुनुभन्दा पुर्व स्थलगत निरिक्षण तथा अनुगमन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search