बालबालिकाहरु किन सक्रिय छैनन ?

सन्तोष सापकोटा।  देशको जनसांख्यिक अवस्था हेर्दा, नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् । जनसंख्याको ठुलो हिस्सा युवाले ओगटेको अवस्थामा राष्ट्रको विकासका लागि बालबालिका र किशोरकिशोरीमा लगानी गर्नु महत्वपूर्ण हुन्छ। हरेक स्थानीय तहमा हेर्ने हो भने बालबालिका को क्षेत्रमा धेरै भाषण काम थोरै भएको पाइन्छ , बालबालिका कुन अवस्थामा छन ? उनिहरु को जीवन स्तर कुन तरिका बाट अगाडि बढिरहेको छ भन्ने कुराको मापन गर्ने कुनै मापदण्ड छैन ।

“बालबालिकाको बिकासका लागि शैक्षिक कार्यक्रम बिद्यालयमा ल्याउनु राम्रो कुरा हो तर बिद्यालयमा मात्र खर्च गरेर बालबालिका को शैक्षिक बिकास होला तर सामाजिक बिकास कदापि हुने छैन ।”

धेरै स्थानीय तहको बजेट हेर्दा बालबालिका,महिला तथा जेष्ठ नागरिक भनेर एकमुष्ट बजेट राखेको पाइन्छ यस्ले बालबालिका को चौतर्फी बिकास हुनमा मद्दत पुर्याउछ होला त ?

हरेक स्थानीय तहलाइ हेर्ने हो भने बालसंजाल को परिचालन र बनेका ऎन कानुन लागुगर्ने पाटो एकदम फितलो बन्दै गएको देखिन्छ , बालबालिका समस्यामा परेर समस्या समाधान का लागि सम्बन्धित ठाउँ मा पुगेका हुन्छन तर सरोकारवाला निकाय समस्या ढाकछोप गर्ने कुरामा नै बढी तल्लीन देखिन्छ । यसरी ढाकछोप र समस्या लुकाउन खोज्दा भोलिका दिनमा झन बढी क्षती हुने सम्भावना बढी रहन्छ । नेपालले सन् १९९० मा अनुमोदन गरेको बालअधिकारको महासन्धीले बालबालिका तथा किशोरकिशोरीका आधारभूत आवश्यकताहरूलाई आर्थिक र सामाजिक मौलिक अधिकारको रुपमा अनुमोदन गरेको छ र राज्य तथा सरकारले यी अधिकारहरूलाई “श्रोत र साधन उपलब्ध भएसम्म” सुनिश्चित गर्नुपर्ने भनि स्थापित गरेको छ।बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो।

गर्भाधानदेखि दुई वर्षसम्मको समयावधि, अर्थात बालबालिकाको शुरुका १००० दिनहरुमा दिइने उचित हेरचाह र पोषणले उनीहरुको हुर्कने, सिक्ने र गरिबीबाट उम्किन सक्ने क्षमतामा ठुलो प्रभाव पार्दछ। परिवारहरू, समुदायहरू र देशहरूकै गरिबीको चक्र भंग गर्न यसले सहयोग गर्नुका साथै समाजको दीर्घकालीन स्वास्थ्य, स्थिरता र समृद्धिमा पनि प्रभाव पार्दछ। त्यसैले अब तीन ओटै सरकार ले बालबालिका का लागि अत्यन्तै संबेदनसिल रहेर काम गर्नुपर्ने अवस्था छ , बालबालिका को बाच्न पाउने , चौतर्फी बिकास , संरक्षण र सहभागिता को अधिकार लाई सुनिश्चित गर्नका लागि बिशेष रणनीति अबलम्बन गर्नुपर्ने देखिन्छ । बालबालिका को बिकास का लागि छुट्याइएको बजेट कुनै होटल वा पार्टी प्यालेस मा बालबालिका को नाम मात्रको सहभागिता गराइन्छ भने बुझ्नुस कि देश दिनानुदिन पछाडि धकेलिदै छ ! त्यसैले नेतृत्व र क्षमता बिकास का लागि सबै बर्ग,लिङ्ग , र गरिबी को रेखामुनी रहेका बालबालिका लाई अगाडि सार्नुपर्ने आजको आवश्यकता हो तर यहाँ को हरेक परिस्थिति र कार्यसम्पादन लाई हेर्दा आफन्तवाद झल्किरहेको देख्न सकिन्छ !

बालबालिकाको विकासमा परिवारको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ । बालबालिका जुन वातावरणमा हुर्कन्छन्, उनीहरुले त्यही प्रकारको कुरा र व्यवहार सिक्छन् । कहिलकाहीँ अभिभावकहरुले जानी-नजानी गरेका गल्तिको नराम्रो असर बालबालिकामा पर्छ । जसमा आमा-बुबाको आपसमा तालमेल नहुनु र भाषाको स्तरमा कुनै सन्तुलन नभएर घरमा तनाव हुनु प्रमुख रहेको छ । अभिभावकहरु एक-अर्कालाई सम्मान गर्दैनन्, बालबालिकाहरुको अगाडि नै झगडा गर्छन् । उनीहरुको झगडाको क्रममा प्रयोग हुने भाषाको स्तर अति नै नराम्रो हुन्छ । उनीहरु कहिलेकाहीँ अपशब्द पनि बोल्छन् । धेरै जसो एक-अर्काको परिवार र आमाबुबाको बारेमा नराम्रो कुरा गर्छन् । त्यस्तै, उनीहरु छुट्टै बस्ने र सम्बन्ध-बिच्छेद गर्ने जस्ता कुराहरु पनि बालबालिकाहरुको अगाडि गर्छन् । नचिनेको मान्छे संग सामाजिक संजाल देखि फोन मा गरेका कुराकानी बालबालिका ले नियालिरहेको छ भने झन त्यसले उनिहरुको सोच्ने र बोल्ने शैलीमा धेरै नै प्रभाव पार्दछ ! अहिलेको परिस्थिति लाई हेर्ने हो भने धेरै बालबालिका एक्लिनु को कारण बाबा आमा अर्कै संग बिवाहा गरेर जानू नै हो । यसरी बाबा आमा ले लिएको सानो निर्णय ले एउटा अबोध बालबालिका को भबिस्य खरानी हुने अवस्था मा पुग्दछ ।

बालबालिकामा त्यस्तो परिस्थितिका कारण धेरै रिसाउने भावना बढ्न थाल्छ । बालबालिकाहरुले आक्रामक व्यवहार गर्न थाल्छन् । सामान्य कुरामा पनि कराउन थाल्छन् । ठूलो-ठूलो स्व्ारले बोल्ने र कहिलेकाहीँ त आफ्नै अभिभावकलाई हात समेत उठाउने गर्छन् प्रारम्भमा त बालबालिकाहरु अभिभावकको झगडामा कसैको पक्षमा हुँदैनन् । तर, बिस्तारै उनीहरु ठूला हुँदै जान्छन् । त्यो समयमा कुनै एकको पक्ष लिएर झगडामा सहभागी हुन थाल्छन् ।
बालबालिकालाई आफ्नो पढाईमा रुचि कम हुन थाल्छ । जसका कारण परीक्षामा नम्बर कम आउन थाल्छ । कहिलेकाहीँ त बालबालिकाहरु विद्यालय जान नै मान्दैनन् । कोही त विद्यालय जानै छाड्छन् र दिनभरी घरमा बसेर मोबाइल चलाउने अथवा गेम खेलेर बस्छन् । केही बालबालिकाहरु डिप्रेसनको शिकार हुन्छन् । उनीहरु नयाँ व्यक्तिसँग भेट्न असहज महसुस गर्छन् । स-साना कुरामा छिट्टै दुःखी हुन्छन् ।

अभिभावकले आपसी मतभेदहरुको बारेमा बालबालिकाहरुको अगाडि कुरा गर्नु हुँदैन । आफ्ना कुराहरु बालबालिकाहरुलाई भनेर उनीहरुबाट सहानुभूति लिने कोशिस गर्नुहुँदैन । अभिभावकले एक-अर्कालाई सम्मान गर्नुपर्छ र बालबालिकालाई पनि सम्मान गर्न सिकाउनुपर्छ । यदि बालबालिकामा रिसाउने, कराउने जस्ता व्यवहार देखियो भने सजग हुनुपर्छ । आफूमा नियन्त्रण राख्नुपर्छ । त्यसपछि पनि बालबालिकामा कुनै परिर्वतन आएन भने कुनै राम्रो काउन्सिलरसँग भेटेर फेमिली काउन्सलिङ गराउनु पर्छ ।

बालबालिका लाई सक्रिय बनाउन सर्वप्रथम हरेक स्थानिय तहले छुट्टाछुट्टै निति तथा नियमावली बनाउनुका साथै स्थानिय स्तरमा वालकोष स्थापना गरेर हरेक आर्थिक बर्षमा कार्यक्रम तर्जुमा गर्ने गरेमा धेरै बालबालिका लाई सक्रिय बनाउन सकिन्छ । समुदाय तथा बिद्यालय स्तरमा बालक्लब गठन तथा गठित बालक्लब लाई आवश्यक पृष्ठपोषण स्थानीय तह बाट नै प्रायोजित गराएमा बालक्लब ले नै शैक्षिक तथा सामाजिक बिकास मा धेरै महत्त्वपूर्ण योगदान दिने छ ।

बालबालिका ऎन २०७५ ले हरेक स्थानीय तहमा बालकल्याण अधिकारी तोक्ने भनेर उल्लेख गरेको भएता पनि स्थानीय तहहरु अझै मौन नै रहेको र बालबालिका को क्षेत्रमा त्यति धेरै उत्तरदायित्व बहन गरेको जतो देखिदैन , केही स्थानीय तहका बालबालिका सक्रिय देखिए भने त्यसको जसलिन लाई जनप्रतिनिधि अगाडि सरेको प्रष्ट देख्न सकिन्छ । तर काम को शिलसिला लाई हेर्ने हो भने शुन्य स्तरमा नै देख्न सकिन्छ । असल नेतृत्वको चयन तथा बालबालिका को क्षमता स्तर वृद्धि गर्नका लागि बालक्लब एक राम्रो संस्था हो । त्यसैले बालबालिका लाई सक्रिय बनाउन का लागि बालक्लब गठन , बाल कोषको संचालन ,बालबालिका को निमित्त गर्ने कार्यक्रम मा पुर्ण बालबालिका को सहभागिता , र बार्षिक कार्यक्रम तर्जुमा बालबालिका बाट नै गराउन सकेउ भने बालबालिका लाई अगाडि बढाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search