जेठ २२ गते चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध हुने

नवलपुर । पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो ।

चोरमारामा रहेको गिरुवारी खोलाको पुलको बीचमा प्वाल परेको कारण तत्काल मर्मत गर्नु पर्ने भएकोले जेठ २२ गते विहान ८ बजेदेखि दिउँसो २ बजेसम्मलाई पुलमा साना तथा ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको नवलपुर प्रशासनले जनाएको छ ।

झण्डै ५० बर्ष आसपास पुगेका नवलपुरका पुलहरु अत्यन्तै जीर्ण अवस्थामा रहेका छन् । पुलहरु बेलाबेलामा मर्मत गरेर पुन सञ्चालनमा ल्याउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search