जेष्ठ ३, नवलपुर।
गैँडाकोट नगरपालिकाको वडा नं ५ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रत्न प्रसाद सापकोटा बिजयी भएका छन्।
सापकोटाले १ हजार ५ सय ६९ मत ल्याएका छन्।
उनका प्रत्यासी नेकपा एमालेका नवराज कंडेलले १ हजार १ सय ८ मत ल्याएका छन्।
वडा नं. ५ मा अध्यक्षको रूपमा अघिल्लो ५ बर्षे कार्यकाल पूरा गरेका कंडेल ४६१ मतले पराजित भएका हुन्।
यो सहित गैँडाकोट नगरपालिकाको वडा नं. १, २,३ ,४ ,५ र १८ मा काँग्रेसले वडाध्यक्ष पदमा आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ। साथै वडा नं. ३, ४ र ५ मा काँग्रेसको प्यानलनै बिजयी भएको छ।
Post Views: 259