गैँडाकोट ५ बाट नेपाली काँग्रेसको वडाध्यक्ष पदका उम्मेदवार रत्न प्रसाद सापकोटा बिजयी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

जेष्ठ ३, नवलपुर।

गैँडाकोट नगरपालिकाको वडा नं ५ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रत्न प्रसाद सापकोटा बिजयी भएका छन्।

सापकोटाले १ हजार ५ सय ६९ मत ल्याएका छन्।

उनका प्रत्यासी नेकपा एमालेका नवराज कंडेलले १ हजार १ सय ८ मत ल्याएका छन्।

वडा नं. ५ मा अध्यक्षको रूपमा अघिल्लो ५ बर्षे कार्यकाल पूरा गरेका कंडेल ४६१ मतले पराजित भएका हुन्।

यो सहित गैँडाकोट नगरपालिकाको वडा नं. १, २,३ ,४ ,५  र १८ मा काँग्रेसले वडाध्यक्ष पदमा आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ। साथै वडा नं. ३, ४ र ५ मा काँग्रेसको प्यानलनै बिजयी भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...