बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसारका कार्य गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरको अनुरोध

यही वैशाख ३० गते स्थानीय तह सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनलाई मध्यनजर गर्दै राजनीतिक दल तथा उम्मेदवारले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसारका कार्य गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरले अनुरोध गरेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, मर्यादित र व्यवस्थित तवरबाट सम्पन्न गर्नका लागि निर्वाचन आयोगको आचारसंहिता अनुरूप प्रचारप्रसारका कार्यक्रम गर्न नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आग्रह गर्नुभएको हो।

साथै निर्वाचन सम्पन्न नहुन्जेलसम्म जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बेलुका ७ बजेपछि मादकपदार्थको नियन्त्रण गर्ने हुँदा तदअनुरूप गर्नू गराउनुहुन भन्दै जिल्लावासीहरूमा प्रशासनले आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search