नवलपुर प्रहरीले अवैद्य रुपमा ल्याउँदै गरेको युरिया र पिकअप भ्यानलाई नियन्त्रण

कावासोती । नवलपुर प्रहरीले अवैद्य रुपमा ल्याउँदै गरेको युरिया र पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।
कावासोती नगरपालिका १६ चालिसकिलो स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पश्चिम बाट पूर्व तर्फ आँउदै गरेको ना ४ च ८३८८ नं. को पिकअप भ्यानमा चोकरको बोरा ले छोपी अवैध रुपमा ल्याएको ५५ बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।   ७ लाख ८१ हजार २ सय (सात लाख एकासी हजार दुई सय) बराबरको सामान र सवारी साधन सहित बरामद गरी चालक समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै प्रहरीले कावासोती १३ लौखानी स्थित दुलिराम थनेतको घरमा जुवा तास खेली रहेको अवस्थामा नगद आठ हजार नौसय पचासी  र एक बुक तास सहित ४ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जुवा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search