कावासोतीमा राप्रपाको पार्टी कार्यालय अगाडि आग-जनी २ मोटरसाइकल २ स्कुटी ज’लेर नष्ट

बैशाख १७ , नवलपुर।  
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिनघरे चोकमा रहेको राप्रपाको पार्टी कार्यालय अगाडि आग-जनी भएको छ । गएराति आग-जनी भएको हो ।
आग-लागीबाट २ वटा मोटरसाइकल र २ वटा स्कुटी ज’लेर पूर्ण रुपमा नष्ट भएको नवलपुर प्रहरीले जनाएको छ । कावासोती १४ अग्योली बस्ने नरबहादुर महतोले सञ्चालन गरेको बबुवा मोटरसाइकल वर्कशपमा मर्मतका लागि राखिएको २ वटा मोटरसाइकल, २ वटा स्कुटी, विद्युतको मिटर बक्स र एमसीबीमा अचानक आग लागी भएको जनाइएको छ ।
आग-लागीको कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त घरमा १० दिन अगाडि मात्रै राप्रपाले चुनावी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search