मध्यबिन्दुमा कांग्रेसका चर्चीत युवा तामाङ संगै ७५ जना युवाहरु एमाले प्रबेश

नारायणी खबर / चोरमारा नवलपुर
१४ बैशाख
स्थानीय निकायको चुनाब नजिए संगै मध्यबिन्दु नगरपालीकामा एमाले प्रबेशको लहर चलेको छ । बिभिन्न वडाहरुमा कांग्रेस, माओबादी पार्टी परित्याग गरी एमाले प्रबेश गर्नेहरको संख्याले यो कुराको पुस्टी गर्दछ ।
यसै क्रममा मध्यबिन्दु ५ का ७५ जना युवाहरु नेपाली कांग्रेस परित्याग गरी एमाले प्रबेश गरेका छन । एमालेको निती तथा कार्यक्रम राम्रो लागेर र मध्यबिन्दु ५ मा एमालेले इमान्दार, निस्वार्थी र जनताले मन पराएको उम्मेदवार गणेश पाठकलाई अध्यक्ष उम्मेदवार बनाएकोमा जनताको पार्टी एमाले नै हो भन्ने लागेर एमाले प्रबेश गरेको काजीमान तामाङले बताउनुभयो । मध्यबिन्दु नगरपालीकामा कांग्रेसले जितेर जनताका लागि केही गर्न नसकेको र ५ बर्ष तलब भत्ता खाएर मात्रै बिताएको प्रबेश गरेका अर्का एक युवाले बताए ।
कांग्रेस मध्यबिन्दु ५ का चर्चीत युवा काजीमान तामाङको नेतृत्वमा ७५ जना युवा एक कार्यक्रमका बिच एमाले प्रबेश गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका एमाले केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज तथा नवलपुर २ का साम्सद तिलक महतले मध्यबिन्दुको समग्र बिकासका लागि आफू सधै जनता संगै रहेको बताउनुभयो । मध्यबिन्दु ५ मा बिभिन्न समस्याहरु रहेको त्यसको समाधानमा आफू निरन्तर लागी रहेको बताउनुभयो । लालपुर्जाको निकै ठुलो समस्या रहेकोमा मनसुबा आयोगको रोक्का फुकुवा गराएको समेत उहाले बताउनुभयो यो सङै मध्यबिन्दुमा बाटोको निकै समस्या रहेकोमा आफुले पहल गरी तराइ मधेस समृद्धि कार्यक्रम मार्फत मध्यबिन्दुका बाटोहरु कालोपत्रे गरेको समेत उहाले बताउनुभयो ।
कार्यक्रममा पुर्ब साम्सद चन्द्रमणी खराल, एमाले मध्यबिन्दु इन्चार्ज बाबुराम पाण्डे, एमालेका तर्फबाट मध्यबिन्दु नगरपालीका उपमेयर उम्मेदवार पुर्णकला महतो, मध्यबिन्दु वडा न ५ का अध्यक्षका उम्मेदवार गणेश पाठक, सदस्यका उम्मेदवारहरु लगाएतकाको उपस्थिती रहेको थियो । कार्यक्रम मध्यबिन्दु वडा न ५ का उपाध्यक्ष पुर्ण बहादुर केसीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search