कांग्रेसका पूर्व केन्द्रीय सदस्य घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिँदै

काठमाडौं। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने भएका छन् ।

घिमिरेले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् देशभरका स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई जितको शुभकामना दिँदै सक्रिय राजनितिबाट सन्यास लिने संकेत गरेका हुन् ।

ट्वीटरमा घिमिरेले लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरि उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search