योग प्रशिक्षक वृक्षासनमा विश्व कीर्तिमान कायम

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले आज आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उनलाई विश्वरेकड प्रमाणपत्र हस्तान्तरण गरे ।
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको हो ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वृक्षासनमा बसेर विश्व कीर्तिमान कायम गर्न सफल भएकामा खड्कालाई बधाई दिँदै विश्वमा नेपालको नाम राख्न सफल भएको बताए ।
योग प्रशिक्षक खड्काले वृक्षासनको पुरानो रेकर्ड आफूले तोड्न सफल भएकामा खुसी व्यक्त गरे । यसअघि, वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो । सन् १८ जुन २०२० मा बैङ्गलोरका सनतले एक घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।
योग प्रशिक्षक खड्काले काठमाडौँको गोंगबुमा न्यू लाइफ क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...