देशमा राजसंस्थाको खाँचो छ : लिङ्देन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
पूर्वी नवलपरासी,  देवचुली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्र यो देशको स्थायित्वको आधार भएको बताउनुभएको छ । देवचुलीको दलदलेमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले राजा संस्थाको अभावमा विश्वका कतिपय देशहरु नै विलय भएका उदाहरण पेश गर्दै उहाँले राजसंस्था चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो, हिन्दु राष्ट्र यो देशको स्थायित्वको आधार हो, राजसंस्थाको अभावमा छिमेकी सिक्कम भन्ने देश नै समाप्त भएको कुरा देखिएको छ । राजा आएर मलाई प्रधानमन्त्री बनाउलान भनेर राजा चाहिन्छ भनेको होईन् ।
उहाँले आफुले राजनीतिमा कहिल्यै पनि गद्धार नगर्ने बताउँदै आम जनतालाई राप्रपामा समाहित हुन आग्रह गर्नुभयो । वर्तमान सरकारले गरेका गलत प्रवृतिबारे सबै एकजुट हुनुपर्ने उहाँको भनाई थियो ।
मुलुकमा विकासले फड्को नर्मानु भनेको भाग्यको दोष नभई विकासप्रेमी नेता छान्न नसक्नु जनताको गल्ति भएको उहाँले बताउनुभयो । अब देश र जनताको हितका लागि नो भोट होईन राप्रपालाई भोट दिनुपर्ने उहाँको भनाई थियो ।
राप्रपा केन्द्रीय प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द शाहीले अबको चुनाव व्यक्ति र दल विशेष भन्दा पनि भष्ट्राचार विरुद्धको रहेको बताउनुभयो । पार्टीभित्र भष्ट्रचारी रहेको भए उनीहरुलाई समेत निकाल्ने उहाँले बताउनुभयो ।
केन्द्रीय उपाध्यक्ष ध्रुबबहादुर प्रधान, हेमजंग गुरुङ, बागमती प्रदेश सांसद रिना गुरुङ, नेताहरु पञ्चराम गुरुङ, चन्द्रदत्त जैशी, नेत्रलाल पौडेल, मिनबहादुर मल्ल, नेपाल सनातन धर्म संस्कृती संगठनका गण्डकी प्रदेश संयोजक सीता बस्याल लगायतले राप्रपाको आगामी निर्वाचनको योजना, र अब कार्यकर्ताको भूमिकाका विषयमा प्रस्ट पार्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...