सडकमा राप्रपा, पार्टी प्यालेसमा माओवादी

३ बैशाख , नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आमनेसामने हुने भएका छन्।

 

आज शनिबार पुर्वी नवलपुरको दलदलेमा आयोजित कार्यक्रममा दुई दलका नेताहरु आ –आफ्नो कार्यक्रमका लागि आउन लागेका हुन् ।।नेकपा माओवादी केन्द्र नवलपुरले आयोजना गर्न लागेको कार्यकर्ता प्रशिक्षण र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रचण्ड दलदले आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र नवलपुरले जनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुलीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न लिङ्देन दलदले आउन लागेका राप्रपाले जनाएको छ ।

प्रचण्ड ११ बजे र लिङ्देन ११ः३० बजे आईपुग्ने कार्यक्रम रहेको दुवै आयोजकले जनाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search