रजहर । पुर्वी नवलपरासीको रजहरमा रजहर जेसिस को जेसिस सप्ताह सोमबार समापन भएको छ। भाद्र १९ गते देखि सुरु भएको सप्ताह ब्यापी कार्यक्रमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो।
रजहर जेसिस बर्ष-२०२३ का अध्यक्ष जेसि शोभा मुखियाको अध्यक्षतामा संचालन भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने सस्थापक अध्यक्ष जेसि सुलोचना कुँवरको बिशिस्ट आथिथ्यता एव पुर्व अध्यक्ष जेसि चित्रध्वज जिसि, जेसि राजु केसि लगाएतको आतिथ्यता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै न्यौपानेले युवाहरुको ब्यक्तित्व तथा नेतृत्व विकास, बिद्यार्थीहरुको क्षमता विकाश, महिला उधमशिलता तथा सामाजिक क्षेत्रमा रजहर जेसिसले उल्लेखनिय योगदान पुर्याएकोमा सम्मान प्रकट गर्दै यस कार्यमा प्रोत्साहन स्वरुप नगरपालिकाको तर्फबाट एक लाख रुपैयाँको बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यत गर्नुभयो।
जेसिस सप्ताह अन्तर्गत १९ गते “आर्थिक क्षेत्रमा महिलाको अवस्था र चुनौती” शिर्षकमा अभिमुखिकरण तालिम, २० गते पुर्नजिवन केन्द्र देवचुलिमा खेलकुद सामाग्री वितरण, २१ गते सर्प दन्स सम्बन्धि सचेतना कार्यक्रम, २२ गते “सफलताको लागि एकता” शिर्षकमा बिधालय स्तरिय वक्तृत्वकला प्रतियोगिता म, २३ गते महिला उधमशिलताको लागि चप्पल बनाउने तालिम, २४ गते जेसिस प्रतिनिधि र नगरपालिका प्रतिनिधि बिच मैत्रीपुर्ण फुटबल जस्ता कार्यक्रम संचालन गरिएको थियो भने २५ गते बिद्यार्थीहरुको लागि सिपमुलक तालिम अन्तर्गत दुना टपरी गाँस्ने एवं बत्ती काटने तालिम प्रदान गर्दै सप्ताहको समापन गरिएको थियो।