हेटौंडा विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा

हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिमा शनिबार पत्रकार सम्मेलन गर्दै गारक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

हरेक ५ वर्षको अन्तरालमा वैशाख १ गते नयाँ वर्षबाट सुरु हुने महायज्ञ यो वर्ष वृहस्पति अस्थ भएका कारण वैशाख २० गतेबाट सुरु हुने भएको हो । यसअघि २०६० साल २०६५ साल २०७० साल २०७५ सालमा महायज्ञ आयोजना गरिएको थियो । पाँचौं संस्करणको रुपमा २०८० वैशाख १ गतेदेखि गर्ने सम्पूर्ण तयारी भएपनि वैशाख २० मा महायज्ञ सारिएको समितिका अध्यक्ष सुमार्गीले बताए ।

महायज्ञ अनन्त श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा.सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने जनाएको छ ।

महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरू, सामाजिक व्यक्तिहरू एनआरएनसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तिहरू, समाजसेवी, बुद्धिजीवी , प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायी लगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थिति रहने सुमार्गीले जानकारी दिए ।

पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए । यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह समेत उनले गरे ।

हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा वैशाख २० देखि २६ गतेसम्म आयोजना हुने महायज्ञ वैशाख २० गते बिहान ७ बजे शङ्ख, घण्ट, खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभूतपूर्व अलौकिक शान्तिशोभा कलशयात्रा, १० बजे समुद्घाटन, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्ति संगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

त्यसैगरी, वैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।

वैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुने जनाएको छ ।

वैशाख २३ गते बिहान सबैकार्य पुर्ववत्, दिवकार्य पुर्ववत्, अपरान्ह ३ बजे विश्वशान्तिको कामनासहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम हुने बताएको छ ।

त्यसैगरी, वैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे व्रतबन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ ।

वैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन वैशाख २६ गते बिहान ७ बजे कथा वाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामूहिक भोजनसहित बिदाइ कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए ।

यस वर्ष २५ हजार महिलाहरूले एकै प्रकारको साडीमा कलशयात्रा गर्ने महासचिव आचार्यले बताए । पत्रकार सम्मेलनमा समितिका वरिष्ठ सह–संम्योजक उत्तर शर्मा ढकाल, सदस्य अरुण सुमार्गी, प्रचार विभाग संम्योजक माधव न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search