देवचुली। नवलपुरको देवचुलीमा रजहर जेसिस द्वारा शिरथान कुमार्वती मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । रजहर जेसिसका पुर्व अध्यक्ष समेत रहेका सन्तोष थापाको जन्मदिन पारि देवचुली १६ को जिर्ण अवस्थामा रहेको शिराथान मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । जेसिसले राखेको उक्त कार्यक्रमको प्रमुख अतित्त्थ्यतामा देवचुली नगरपालिका , नगरकार्यपालिका सदस्य तथा देवचुली १६ की वडा सदस्य जानकी गुरौ (लामिछाने ) रहनु भएको थियो भने सोहि कार्यक्रममा संयोजक जेसी शोभा मुखिया रहनुभएको थियो। उक्त कार्यक्रममा शिरथान कुमार्वती माई निर्माण समितिका अध्यक्ष केशवराज थनेतको विषेस अतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरकार्यपालिकाकी सदस्य देवचुली १६ कि वडासदस्य जानकी गुरौ (लामिछाने ) ले यो जिर्ण अवस्थामा रहेको मन्दिरको लागि कार्यपालिकामा समेत पहल गरेको र अवका दिनहरुमा पनि आफ्नो स्थानका सम्पदाहरुको निमित्त पहल गर्न कत्ति नचुक्ने बताउनु भयो । यो शिरथान मन्दिर थारुहरुले मात्र पुजा गर्छन कि भन्ने सोच थियो तर सबै जातिले पुज्ने रहेछन र धर्ममा कोहि भेदहाव नरहन सबैलाई आग्रह समेत गर्नु भएको थियो । त्यस्तै गरि रजहर जेसिस वर्ष २२ का अध्यक्ष इश्वर बहादुर लोहनीले विकास निर्माणका लागि आफ्नो कर्तब्य पुरा गर्न सदा तत्पर रहेको बताउनु भयो । कुमार्वती माईको उक्त मन्दिरमा गरिएको सरसफाई कार्यक्रम मन्दिर निर्माण समितिले फूलपाती नाभित्राउदा सम्म निरन्तर चलिरहने बताउनु भएको थियो ।
सोही कार्यक्रमका लागि बालिका सर्जिट्रेड एण्ड सप्लायर्सका प्रोपाईटर सुरज आचार्य बाट ५० जोर रबर ग्लाब्स र रजहर जेसिसका पुर्व अध्यक्ष जेसी सन्तोष थापा बाट १० जोर कुचो र मन्दिर परिसरमा लगाईने रङ्ग समेत सौजन्य भएको थियो । जेसिसले राखेको उक्त सरसफाई कार्यक्रममा करिव १०० जना स्थानियको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण जेसी प्रदिप अधिकारिले गर्नु भएको थियो ।