
बैशाख १७ , नवलपुर।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिनघरे चोकमा रहेको राप्रपाको पार्टी कार्यालय अगाडि आग-जनी भएको छ । गएराति आग-जनी भएको हो ।
आग-लागीबाट २ वटा मोटरसाइकल र २ वटा स्कुटी ज’लेर पूर्ण रुपमा नष्ट भएको नवलपुर प्रहरीले जनाएको छ । कावासोती १४ अग्योली बस्ने नरबहादुर महतोले सञ्चालन गरेको बबुवा मोटरसाइकल वर्कशपमा मर्मतका लागि राखिएको २ वटा मोटरसाइकल, २ वटा स्कुटी, विद्युतको मिटर बक्स र एमसीबीमा अचानक आग लागी भएको जनाइएको छ ।
आग-लागीको कारण नखुलेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त घरमा १० दिन अगाडि मात्रै राप्रपाले चुनावी प्रचारप्रसारका लागि सम्पर्क कार्यालय राखेको थियो ।


Post Views: 228