गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान रन वेबाट फर्किन सकेन

काठमाडौंः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए–३३० वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको  छ।

बिहीबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५ः५५ बजे भैरहवामा ल्याण्ड भएको थियो । अहिले एयरलाइन्सको वाइडबडी फर्किन सकेको छैन। रनवेबाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर विमान रोकिएको छ। त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ नपुग्ने बताइएको छ । विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतका अनुसार विमानलाई रन वेबाट तानेर ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search