काठमाडौंः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए–३३० वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।
बिहीबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५ः५५ बजे भैरहवामा ल्याण्ड भएको थियो । अहिले एयरलाइन्सको वाइडबडी फर्किन सकेको छैन। रनवेबाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर विमान रोकिएको छ। त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ नपुग्ने बताइएको छ । विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतका अनुसार विमानलाई रन वेबाट तानेर ल्याउने तयारी भइरहेको छ ।
Post Views: 201