प्रविधि र भावनाको फ्युजन: डिजिटल उपहारमार्फत यादहरू साटासाट गर्ने नयाँ शैली

काठमाडौँ । पछिल्लो समय प्रविधिको प्रयोग केवल सूचना आदानप्रदानमा मात्र सीमित नभई भावना व्यक्त गर्ने माध्यम पनि बन्दै गएको छ। यसै सन्दर्भमा, युवा डेभलपर दिपक घर्ती ले एउटा विशेष र रचनात्मक डिजिटल प्लेटफर्म gift.yojana.com.np सार्वजनिक गरेका छन्।

के हो यो डिजिटल ‘मेमोरिज’ प्लेटफर्म?
यो वेबसाइट सामान्य उपहार जित्ने साइट नभई, आफ्ना प्रियजनका लागि व्यक्तिगत ‘डिजिटल ग्रिटिङ कार्ड’ बनाउने माध्यम हो। यस प्लेटफर्ममार्फत प्रयोगकर्ताले:
आफ्ना पुराना र प्यारा यादहरू (Memories) लाई टेक्स्ट, फोटो, र गीतको रूपमा सजाउन सक्छन्। मनपर्ने YouTube गीतलाई ब्याकग्राउन्डमा ‘अटो-प्ले’ हुने गरी सेट गर्न सक्छन्। एक विशेष कस्टमाइज्ड लिङ्क तयार गरी सिधै ह्वाट्सएप वा म्यासेन्जरमा पठाउन सक्छन्। वा QR Code पनि सिधै पठाउन मिल्छ ।

डेभलपरको सोच
यसका निर्माता दिपक घर्ती का अनुसार, टाढा रहेका साथीभाइ वा परिवारलाई भौतिक उपहार पठाउन सम्भव नभएको अवस्थामा, यो डिजिटल माध्यमले भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ। “हामीले पुराना यादहरू(फोटो , मेसेज र मनपर्ने गीतलाई एउटै पेजमा समेटेर एउटा ‘सरप्राइज’ प्याकेजको रूपमा पठाउन मिल्ने सुविधा दिएका छौँ,” उनले बताए।

कसरी काम गर्छ?
यस साइटमा गएर प्रयोगकर्ताले खाता खोली आफ्नो सन्देश,मेमोरी(फोटोहरु) र युट्युब भिडियोको लिङ्क राखेपछि एउटा छुट्टै वेबपेज तयार हुन्छ। जब प्राप्तकर्ताले त्यो लिङ्क खोल्छन्, त्यहाँ ब्याकग्राउन्डमा संगीत बज्छ र स्क्रिनमा प्यारा सन्देशहरू देखिन्छन्, जसले गर्दा प्रयोगकर्तालाई एउटा छुट्टै अनुभूति (Surprise Experience) मिल्छ।


सामाजिक सञ्जालमा चर्चा
अहिले यो साइट विशेष गरी जन्मदिन, एनिभर्सरी र विशेष उत्सवहरूमा आफ्ना साथीहरूलाई चकित पार्न प्रयोग भइरहेको छ। कम समयमै धेरै प्रयोगकर्ताले यसलाई मन पराएका छन्।
demo page : https://gift.yojana.com.np/m/yojana-kamali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search