देवचुलीमा दुर्घटना एक जनाको मृत्यु

देवचुली – पूर्व-पश्चिम राजमार्गमा बुटबलबाट नारायणघाट तर्फ बिरामी लिइ आउदै गरेको  एम्बुलेन्स र रजहर चोकबाट दुम्कौली तर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको स्कुल भ्यान एक आपसमा ठक्कर खाँदा भ्यान चालकको मृत्यु भएको छ ।

नवलपरासी(बर्दघाट सुस्ता पूर्व) देवचुली न.पा. वडा नं. २ दुम्कौली चोक स्थित पूर्व-पश्चिम राजमार्गमा बुटबलबाट नारायणघाट तर्फ बिरामी लिइ आउदै गरेको ना ४ च १६४६ नं.को एम्बुलेन्स र रजहर चोकबाट दुम्कौली तर्फ जाँदै गरेको दिब्य एकेडेमी बोडिङ स्कुल केउरेनीको बा २० च ७२ नं.को स्कुल भ्यान एक आपसमा ठक्कर खाँदा  घाइते भइ उपचारका लागि  भ्यान चालक जिल्ला न.प.(पूर्व) देवचुली न.पा.१ बस्ने बर्ष अ.५२ को कुल प्रसाद सुबेदीको टाउको र दुबै खुट्टामा चोटलागी  पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा उपचारको क्रममा उनलाइ चिकित्सकले मृत घोषणा गरेका छन ।
त्यस्तै एम्बुलेन्समा सवार जिल्ला रुपन्देही बुटवल न.पा. ३ गोलपार्क बस्ने बर्ष ३६ की लक्ष्मी राइ टाउकोमा चोट , वर्ष २५ की इसु राइ अनुहारमा चोट, बर्ष २५ की स्नेहा परियार अनुहारमा चोट लागेको र सामान्य रहेको छ ।
त्यस्तै भ्यानमा सवार विद्यार्थीहरु स्थानिय भबिष्य पोली क्लनिक उपचार पश्चात  देवचुली १७ बस्ने बर्ष १० की आयुसा गौतम, बर्ष ६की सोखनिया रोक्का डिस्चार्ज भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search