कतार । डाक्टर बाबुराम भट्टराई समर्थक भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले संगठनका विस्तारलाई तिब्रता दिएको छ ।
हिजो शुक्रबार कतारको औधोगिक क्षेत्रमा अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम साहीको नेतृत्वमा भएको भेलाले दुई शाखा उप-समुह सनैया “क” र “ख” गठन गरेको हो । अध्यक्ष साहीले जानकारी दिए अनुसार नेपालको तरल राजनीति र डाक्टर भट्टराईकै गृह जिल्ला गोरखामा गत स्थानीय उप निर्वाचनले दिएको मत परिणामले गर्दा संगठन विस्तारको कार्यलाई स्वदेश र विदेशमा संगठनलाई अझै मजबुत बनाउँदै लैजानुपर्ने भएकोले संगठनका विस्तारको थालनी गरेको बताए ।
समाजले दुई उप शाखामा गरि झन्डै ५० भन्दाबढी अस्थावान पार्टी समर्थकलाई संगठनमा आवद्धता गरेको छ । औधोगिक क्षेत्र “क” मा सरोज कुमार महतोको नेतृत्वमा इकाई गठन गरेको छ , भने रुद्र बहादुर कटुवालको नेतृत्वमा सनैया औधोगिक क्षेत्र इकाई ख गठन गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दोहाको सिङ्गो नेपाली समाजभित्रको वेथिती र श्रमिकको हकहितमा बोल्दै र दुःख र अन्यायमा परेकाहरुको सहयोगी संगठनको भुमिकामा काम गर्दै आएको छ । दोहाको पछिल्लो समयमा राहादानी नविकरणका लागी श्रमिकहरुले स्लट नपाइरहेको अबस्थामा श्रमिकहरुले झन्झट , सास्ती खेप्नुपरेको नमिठाे यथार्थलाई संगठनका प्रबक्ता ध्रुव क्षेत्रीले राजदुत समक्ष ध्यानाकर्षण गरेका छन् ।