अस्करमा सेलेना गोमेजको फिल्म इमिलिया परेज अगाडि

‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्स’ले १० विधामा फिल्महरुको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको छ । अस्करको ९७ औं संस्करणमा यो वर्ष गायिका सेलेना गोमेज अभिनित ‘इमिलिया परेज’ले ६ विधा कब्जा गरेको छ ।

मेकअप, साउन्ड, इन्टरनेसनल फिचर र ओरिजिनल गीततर्फको दुई विधामा यो फिल्मले आफ्नो बलियो उपस्थिति जनाएको हो । युनिभर्सल पिक्चर्सले निर्माण गरेको ‘विक्ड’ले भने ४ विधा समेट्दै सबैभन्दा धेरै विधा ओगटेको दोस्रो फिल्म बन्न सफल भयो ।

प्रारम्भिक भोटअनुसार अस्करले एनिमेटेड सर्ट फिल्म, डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट, इन्टरनेसनल फिचर, लाइभ एक्सन सर्ट, मेकअप, हेयर स्टाइलिङ, ओरिजिनल स्कोर, ओरिजिनल सङ, साउन्ड र भिजुअल इफेक्ट्स विधामा फिल्महरूको सूची सार्वजनिक गरेको हो । ‘इमिलिया परेज’ र ‘विक्ड’सँगै १० विधामा द अपरेन्टिस, ड्युन:भाग २, बिटलजुस बिटलजुस, च्यालेन्जर्स, द वाइल्ड रोबोट, ग्यालिडियटर २, ब्लिज र नोसफेरटु मनोनयनमा परेको छ ।

यो वर्ष नेपालबाट अस्करका लागि सिफारिस भएको ‘शाम्बाला’ले भने मनोनयनसम्मको यो यात्रा तय गर्न सकेन । मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रमुख विधातर्फ छनौट हुने पहिलो नेपाली फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search