दोहा । बागलुङ सेवा समाज दोहा कतारले विगतका वर्षहरुमा झैँ यसपटक पनि भेटघाट तथा सामुन्द्रिक तटमा पिकनिकको कार्यक्रम आयोजना गरेको छ ।
समाजका अध्यक्ष निराजन गौतमका अनुसार १३ डिसेम्बर शुक्रबारका दिन कतारमा श्रमकर्म गरिरहेका बागलुङ बासिहरु र शुभेच्छुकहरुको उपस्थितमा रमाइलो भेटघाट साथै संस्थाको वृद्धि र विकासमा छलफल कार्यक्रम हुने भएको हो ।
आयोजक संस्थाले उक्त दिन वाक्रा सामुन्द्रीक तटमा हुने कार्यक्रममा दोहामा रहेका बागलुङ र गैर बागलुङ बासिहरुलाई उपस्थितिको लागि विशेष अनुरोध गरेको छ ।
Post Views: 824