पोखरामा रवि लामिछानेका समर्थकको प्रदर्शनमा ७ जना पक्राउ

पोखरा । पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । लामिछानेलाई पक्राउ गरिएको विरोधमा मंगलबार पोखरामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुमाथि प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार समेत गरेको छ ।
अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search