धादिङ सेवा समाज कतारले ७औं अधिवेशन गर्दै

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

दोहा । धादिङ सेवा समाज कतारले आगामी ६ सेप्टेम्बर शुक्रबार दोहा कतारको सनैया स्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा समाजको ७औं अधिवेशन गर्न लागेको हो ।

धादिङ सेवा समाज कतार र धादिङ युवा समाज कतार विच लामो समयसम्मको गतिरोध अन्त्य गर्दै समाजलाई एकढिक्का बनाइ दोहामा रहेका धादिङ्गे र गैर धादिङ्गे श्रमिकहरुको उत्थान र घरदेशमा मानवीय र परोपकारी कार्य गर्ने कुरामा एकमत भएपछि लामो समयसम्म हुन नसकेको समाजको अधिवेशन हुने भएको जानकारी कविन्द्र कँडेलले दिएका हुन् ।

धादिङ सेवा समाजको २००१ मा स्थापना भएता संस्थापक अध्यक्षले २००७ सम्म चारवटा अधिवेशन सम्पन्न गरेका थिए । तत्पश्चात संस्था धारासायी बन्दै गएको थियो । संस्था अलपत्र परेपछि धादिङ युवा समाजको नामबाट चलायमान बनाउने प्रयत्न भएपनि ब्यक्तीगत महत्त्वकांक्षाका कारण पुनः लथालिङ्ग अबस्थामा पुगेका थियो ।

समाजको यस्तो दुरावस्था भएपछिको धादिङ सेवा समाज अन्तर्राष्ट्रिय समतिले सोमनाथ कँडेललाई पत्राचार गर्दै संस्थाको तदर्थ समती गठन गर्न भन्यो । अन्तर्राष्ट्रिय समितिको पत्रअनुसार कँडेलको नेतृत्वमा बनेको तदर्थ समितिले सबै असन्तुष्ट पक्षलाइ एकीकृत गर्दै ७औं अधिवेशनको तयारीमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...