सुरेश भट्ट आश्रिन
नेपाली गीत संगीत क्षेत्रमा महिलाहरुको महान चाढ हरितालिका तिजलाई लक्षित गर्दै तिलु शर्माले मौलिकता झल्काउने तिजको गीत बजारमा ल्याएका छन् ।
आजभोलि तीजको गीत निकाल्ने , भ्यु , टिपिआर बटुल्ने र भाइरल बन्ने होडबाजी चल्नु , अनि तिजको नाममा निकालिएका गीत तिज गीत हुन् कि रत्यौली हुन् भनेर छुट्याउन र भल्गर दृश्यशब्दहरु छुट्याउन लोकदोहोरी प्रतिष्ठानलाई भ्याइनभ्याई भैरहेको बेला शर्माको मौलिक गीतले श्रोताहरुको मन तानिरहेको छ । तरपनि बाटो बिराउँदै गएको नेपाली लोकसंगीतलाई पुरानै लयमा फर्काउन लोकदोहोरी प्रतिष्ठानले नेपाल प्रहरीसँग आग्रह गरेको छ । राज्यले तत्काल नियन्त्रण सुरु नगरे अझै खराब तिजगीत तथा दोहोरीगीत गाउनेहरु र भित्रिने खतरा रहेको छ ।
तिज नेपाली संस्कृति हो, तिजगीत हाम्रो संस्कृति संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने माध्यम हुन् । तिजगीतसँगै नारीका कर्मघरका वेदना र माइतीघर संगको रमाइलो साइनो पनि जोडिएर आउने हुँदा तिजको मर्म र तिजगीतले गित मात्रै नभई देश र समजलाई संगीत मार्फत दिने एक सन्देश पनि हो ।
गीतमा विविधता चाहिन्छ । जति धेरै विविधता भयो, संस्कृति त्यति नै धनी हुँदै जान्छ, फैलँदै जान्छ । तर विविधतामा पनि ध्यानचाहिँ दिनुपर्छ ।
तिलु शर्माले यसपालीको तिजमा म्याग्दी तिरको शब्दमा “च” झुन्डिएको शब्दलहरी प्रयोगमा ल्याइ स्थानीय रैथाने थेगोलाई समेत संरक्षण गर्दै छोरीले आफुले भोग्नुपरेको कहानीलाई देखाइएको छ । माइत आएकी चेलीले घरमा दुःख पाएकी छन् अथवा घरेलु हिंसा सहेकी छिन् पीडामा जिउन कठिन भएकाले जिन्दगीलाई नै पूर्णविराम लगाइदिऊँ जस्ता प्रेरणादायी र कारुणिक भिडियोदृश्य सहित तिज मौलिकता बोकेको “छोरी भ’र जन्मनु” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
भिडियो लिंक ।