गोरखा ,
यसपालि पहिलो पटक बजारमा पुगेको सिरान्चोकको नास्पाती भन्नेवित्तिकै हरेक नेपालीको मस्तिष्कमा आकर्षक दाना, रसिलो र स्वादिलो चित्र आउँछ।छोप्राकको मास,गोरखा मनकामनाको सुन्तला आदि नास्पाती पहिलोपटक बजार पुग्न साथ पनि सर्वसाधारणको मन मनमा छ। ठाउँ विशेष उत्पादनको अस्तित्व जोगाउन हम्मेहम्मे छ, तर परम्परागत तरिका अपनाएका सिरान्चोकको किसानले भने अझै पनि नास्पातीको महत्व जोगाइराखेका छन्।
नास्पातीका लागि छोप्राक सिरान्चोक भनेर चिनिए पनि उत्पादनका दृष्टिले अहिले सम्म खासै आम्दानी लिन नसकेको किसानले दुखि हुदै भने गाउँ पालिका को हरेक वडामा नस्पाती प्रश्शत छ। हर्मी,केराबारी,थालाजुन्ह हरेक टोल,टोलमा पनि नास्पाती उत्पादन हुन्छ। परम्परागत नास्पातीखेती हुँदै आएको यसपालि सरकारी लगानी माग्न प्रदेश,पालिका र वडामा किसान जाने भएपछि किसानको मुहारमा खुशीको चमक देखिएको छ।
सरकारी अनुदान पाउने स्थानीय सरकार र प्रदेश सरकारले हेर्ने हो भने बार्षिक करोडौं मुल्य बराबराको आम्दानी लिने र स्थानीय युवा रोजगारीका लागि गाउँ छोड्न नपर्ने स्थानीय किसानले जानकारी दिए ! यसपाली नास्पाती लगाउने योजनामा छन्। वडा न ५ का किसानले , “गरिबलाई सरकारले सहयोग गर्छ भने दुई/चार बोट लगाऊँ भनेर सुर कसेको।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हामीले ‘नास्पाती ब्लक’ बनाउन भनेर रकम माग्ने तयारीमा छम्म् ।
नास्पाती बगैँचाभित्र अदुवा, बेसार र पिँडालुखेती पनि हुन्छ।
साउनदेखि असोजसम्म नास्पातीको मौसम हो।
चितवन , काठमाण्डौं लगायत तराईका शहरहरुमा नास्पाती खपत बढि हुन्दो रहेछ !
प्राविधिज्ञका अनुसार वर्षैपिच्छे हाँगा व्यवस्थापन गरे स्वादिलो नास्पाती फल्छ । राम्ररी गर्न जानिएन भने फल कम लाग्छ। यहाँका किसानलाई जति नै नास्पाती फले पनि दुई महिनाभित्रैमा बेचिसक्नुपर्ने बाध्यता पनि छ, नत्र कुहिएर जान्छ। नास्पातीमा मुख्य समस्या बजार रोगव्याधि र कुहिने समस्या प्रमुख चुनौती हो !