मानव सेवा आश्रम सहयोगका कलाकार कतार हिंडे

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

गोरखा सेवा समाज कतारको आयोजनामा भोलि सोमबार बृहत् सांस्कृतिक इद धमका आयोजना गर्ने भएको हो ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-अल-अदाको अवसर पारेर “मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ” उक्त कार्यक्रम आयोजना गर्न लागिएको गोरखा सेवा समाजका अध्यक्ष ओम गुरुङले जानकारी दिएका हुन् ।

उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयका व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र भर्षटायल गायक उर्गेन दोंग, लोक तथा दोहोरी गायिकाद्वय समीक्षा अधिकारी र निर्जला गुरुङ कार्यक्रमका लागि कतार आइसकेका छन् उक्त कुराको सूचना कलाकारहरुले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत  दिँदै उनीहरुले कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् ।

कार्यक्रम जुन १७ तारिक सोमबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुने कार्यक्रमका संयोजक राकेश श्रेष्ठले बताएका छन् ।

आयोजक सस्था गोरखा सेवा समाजले मानव सेवारत आश्रमको सत्कर्मका लागि गरिएको यस सांस्कृतिक  कार्यक्रमको  टिकट खरिद गर्नु नै मानवीय सेवा हुने भएकाले कतारमा रहेका नेपालीहरुलाइ टिकट लिइदिन हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम संयोजक राकेश श्रेष्ठका अनुसार  कार्यक्रम स्थलसम्म आउन जानका लागि कतारको दोहा , सनैया र अल्खोर बाट निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...