चितवन,चैत २४ शनिबार । लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका सबै सदस्यहरुले चितवनको मौलाकालिका हस्पिटलबाट २०% सम्म छुट पाउने भएका छन।
आज मौलाकालिका हस्पिटल र लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका विचमा भएको सम्झौता अनुसार लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका सम्पुर्ण सदस्यहरु तथा उनिहरुका परिवारका सम्पुर्ण सदस्यहरुले हस्पिटलले प्रदान गर्ने सम्पूर्ण सेवाहरुमा २०% छुट र औषधिमा ५% सम्म छुट पाउने भएका हुन।
लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका अध्यक्ष शिव खड्का र चितवनको मौलाकालिका हस्पिटलका प्रशाशक सन्दिप भुर्तेलले हस्ताक्षर गरेको सम्झौता अर्को सम्झौता नभएसम्म लागू हुने सम्झौतामा उल्लेख गरिएको छ।
कार्यक्रममा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष किरण भुर्तेल,पुर्व अध्यक्ष खेम सारु मगर,संस्थापक प्रथम उपाध्यक्ष लक्ष्मण रिजाल ,द्वितीय उपाध्यक्ष नारायण तिवारी ,सदस्य अनिस गुरौ,हस्पिटलका लेखापालको उपस्थिति रहेको थियो।