सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको आफ्नो १३ र्औ वार्षिकोत्सव समारोह सम्पन्न

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय र ललितपुरको महालक्ष्मी ४ मा कर्पोरेट कार्यालय रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्याङजाको पुतलिबजार नगरपालिका ३ गुडीखोला सहयात्री पार्टी प्यालेसमा आफ्नो १३ र्औ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

५५ जिल्लामा १९२ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको वित्तीय संस्थाले सर्लाहीको हरिवन, चितवनको भरतपुर, पश्चिम नवलपरासीको सुनवल र स्याङजाको पुतलीबजार गरी देशका चार ठाउँमा १३ औ वार्षिकोत्सवको सन्दर्भमा रक्तदान लगाएतका कार्यक्रम आयोजना गरेको हो।

वार्षिकोत्सव समारोहको सन्दर्भमा संस्थाले नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखाको समन्वयमा रक्तदान कार्यक्रम गरेको थियो कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गरेका थिए । वार्षिकोत्सव समारोहकै सन्दर्भमा संस्थाले अमरसेवा समाज द्धारा सञ्चालित बाल गृहका बालबालिकाहरुका लागी खाद्य तथा सरसफाई सामाग्री र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुका लागी फेस मास्क सहयोग गरेको थियो । त्यस्तै संस्थामा अनवरत १० वर्ष सम्म सेवा गरेका ५ जना कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।

संस्थाका सञ्चालक श्री अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय सिमिति प्रमुख श्री प्रसाद जि.टी प्रमुख अतिथी, पुतलिबजार नगरपालिका का प्रमुख तुल्सिराम रेग्मी बिशिष्ट अतिथिको रुपमा रहनु भएको थियो भने उप प्रमुख देवी अर्याल, पुतलिबजार नगरपालिका वडा न १ का वडा अध्यक्ष उत्तम प्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखाका मन्त्री रामचन्द्र अर्याल लगाएतको आतिथ्यता रहेको थियो । समारोहमा संस्थाका निवर्तमान सञ्चालक गुडाखर सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका कर्मचारी बिकास आचार्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । समारोहमा संस्थाका नि.वर्तमान सञ्चालक, पुर्व सञ्चालक, शेयर धनी, विभिन्न संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पुतलिबजार न.पा का मेयर तुल्सीराम रेग्मीले ग्रामिण अर्थतन्त्र चलाएमान बनाउन लघुवित्त क्षेत्रको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नु भएको थियो । त्यस्तै जिल्ला समन्वय समिती प्रमुख श्री प्रसाद जि.टी ले ग्रमीण क्षेत्रमा कम आय भएका समुदायमा निजी क्षेत्रले लघुवित्त मार्फत पुर्याएको सेवा अतुलनिय रहेको बताउनु भएको थियो । संस्थाका समान्य सेवा विभागका विभागीय प्रमुख सुर्य प्रसाद पौडेलले संस्थाको वर्तमान अवस्था वित्तीय सुचक र कार्यक्षेत्र सम्बन्धि जानकारी दिदै वर्तमान अवस्थामा संस्था देशकै अब्बल संस्था मध्यको एक रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search