प्रथम मेन्टर कप क्रीकेट प्रतियोगितामा मिची एजुकेशनले हटेलालाइ ६७ रनले हराएर सेमिफाइनलमा

कावासोती। प्रथम मेन्टर कप क्रीकेट प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल हिजो कावासोती २ मा रहेको कुमारवर्ती कलेज खेल मैदानमा सम्पन्न भएको छ।मिची एजुकेशन र हन्टर हिटलर हटेला गैडाकोटका विचमा सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा मिची एजुकेशनले हटेलालाइ ६७ रनले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो।

वर्षाले प्रभावित खेलमा टस जितेर पहिलो व्याटिङ रोजेको मिचिले निर्धारित ९ ओभर पुरै खेल्दै ४ विकेटको क्षतिमा १२१ रन बनाएको थियो।१२१ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको हटेलाले ७ ओभरमा ५३ रन जोड्दा सबै विकेट गुमाएपछी नतिजा मिचिको पक्षमा गएको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।खेलको म्यान अफ द म्याच ४ विकेट लिन सफल मिचिका अदित रावत क्षेत्री घोषित भए।खेलको उद्घाटन प्रमुख अतिथी कपिल देव भुसालको हातबाट एम्पायरलाइ बल हस्तान्तरण गरेर गरिएको थियो।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल आज दिउँसो ३:३० बजे कुमारवर्ती कलेजको खेल मैदानमा रजहर क्रीकेट क्लब रजहर र लक्ष्मी युथ क्लब देवचुली १२ विचमा हुने संयोजक भुर्तेलले जानकारी दिए।प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search