हर्कपुरलाइ ७ विकेटले पराजित गर्दै कुमारवर्ती स्ववियु प्रथम मेन्टर कपको दोस्रो चरणमा

कावासोती,नवलपुर । प्रथम मेन्टर कप नवलपुर जिल्ला स्तरीय खुल्ला क्रीकेट प्रतियोगिता २०८० को पाचौ दिनको खेलमा कुमारवर्ती स्ववियु ७ विकेटले विजयी भएको छ। बुधबार कुमारवर्ती खेल मैदानमा सम्पन्न एक मात्रै खेलमा कुमारवर्ती स्ववियु टिमले हर्कपुर स्पोर्ट्स कमिटिलाइ ७ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

टस जितेर पहिलो व्याटिङ रोजेको हर्कपुरले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ९० रन जोडेको थियो।९१ रनको विजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कुमारवर्ती कलेज स्ववियु टिमले ७ ओभरमै लक्ष्य हासिल गर्यो ।

खेलका म्यान अफ द म्याच घोषित भएका कुमारवर्तिका रेमन लम्काह मगरले १४ बलमा ३८ रन लिनुका साथै ३ विकेट समेत लिन सफल भएको प्रतियोगिता संयोजक किरण भुर्तेलले जानकारी दिए । खेल पाचौ दिनका प्रमुख अतिथी आरसि भट्टराईले खेल एम्पायर कमल पौडेललाइ बल हस्तान्तरण गरेर सुरु गरिएको थियो ।
प्रतियोगिताको आजको खेल कावासोती १३ र हन्टर हिटलर हटेलाका विचमा हुने छ । प्रतियोगिताको पहिलो चरणको खेलहरु भोलि सम्पन्न हुदैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search