कावासोती । लामिचौर उपभोक्ता समिती अन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण ईकाइ समितीका युवाहरु प्रकृति, बन्यजन्तु संरक्षणका लागि बिशेष अभियान ” म हरायँ ” संचालन गर्ने भएका छन् ।
यस अभियान अन्तर्गत ३ दिन सम्म युवाहरुलाई बिशेष समुदायमा कसरि कार्यक्रमहरु संचान गर्ने भनि क्षमता अभिबृद्दी तालिम दिई युवाहरुलाई संरक्षण युथ च्याम्पियन बनाईयको थियो । सोही कार्यक्रममा सहभागि युवाहरुले अब लामिचौर उपभोक्ता समिती अन्तर्गतको क्षेत्रहरुमा यो म हरायँ अभियान संचालन गर्ने लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले जानकारी दिनुभयो ।
डब्लु० डब्लु० एफ० नेपालको आर्थिक सहयोगमा हुने यस कार्यक्रमहरुमा समुदाय स्तरमा युवा, महिला, बिद्यार्थी, वन समितीहरु लगायत अन्य समुहहरुमा अभियान लियर जाने युवा अभियान्ता सुधन लम्सालले बताउनु भयो । हामिले सधै संरक्षणमा युवाहरुले जोड्दै आएकोमा यो पनी एक कार्यक्रम रहेको लामिचौर उपभोक्ता समितीका सचिब एल० एन० दवाडीले बताउनुभयो ।