कतारलाई लगातार दोस्रो पटक एसिया कपको उपाधि

कतारले लगातार दोस्रो पटक एसिया कपको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै आयोजक कतार च्याम्पियन बनेको हो ।

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरे । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसिया कप जित्ने चौथो देश बनेको छ ।

पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता मै चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search