सुर्योदय वोमी लघुवित्तको फिल्ड ब्यबस्थापन तथा उत्प्रेरणात्मक तालिम सम्पन्न

रौतहट। सुर्योदय वोमी लघुवित्तले फिल्ड ब्यबस्थापन तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ । बनेपा १३ मा केन्द्रिय कार्यालय रहेको लघुवित्तले विभिन्न १५ वटा स्टेशन कार्यालयमा तालिम सम्पन्न गरेको छ । यसै अन्तर्गत चन्द्रानिगाहापुर स्टेशनमा फिल्डमा कार्यरत ३५ जना भन्दा वढि कर्मचारीहरुलाई फिल्ड ब्यबस्थापन तथा उत्प्रेरणात्मक सम्वन्धी १ दिने तालिम सम्पन्न गरेको हो ।

तालिममा सस्थाको कार्यसन्चालन तथा अनुगमन बिभाग प्रमुख केशरिराज निरौला प्रमुख आतिथ्य तथा योजाना तालिम अनुसन्धान तथा संरक्षण कोष बिभाग प्रमुख तथा जोखिम तथा असुली बिभागमा कार्यरत अधिकृत एव बरथहवाका शाखा प्रमुख को समेत उपस्थिती रहेको थियो भने तालिमको सहजिकरण फरक फरक शिर्षकमा केशरीराज निरौला , गोपाल प्रसाद पौडेल ,मान प्रसाद फुयाल र छबिलाल सिवाकोटी लगाएतले सहजिकरण गर्नु भएको थियो ।

तालिमको अवसरमा संस्थाका जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल ज्युवाट कर्मचारीलाई अत्यन्तै चनाखो भई अन्य संस्था तथा कर्मचारीहरु सँग हातेमालो गरी कार्यक्रम विस्तार गर्नका लागी उत्प्रेरणा समेत गर्नु भएको थियो भने फिल्ड कर्मचारी संस्थाको मेरुदण्ड भएको कुरामा जोड दिदै हाल लघुवित्त क्षेत्रमा विधमान विभिन्न किसिमका चुनौतीहरु लाई दृष्टिगत गरी कर्मचारीको मनोवल उच्च राख्दै कार्यक्रम लाई सवल वनाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको र आगामी दिनमा समेत कर्मचारीको दक्षता अभिवृद्धिका लागि आवश्यक्ता अनुरुप तालिम सञ्चालन गर्नका लागि संस्था प्रतिवद्ध रहेको बताउनु भएको छ । कार्यक्रम रौतहट चपुरको होटल आरोहि होटल थकालि भान्सा घरमा सम्पन घरमा सम्पन भएको थियो। सहभागि कर्मचारिहरु निकै उत्साह पुर्बक सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रम को उद्घाटन कार्यसन्चालन तथा अनुगमन बिभाग प्रमुख केशरिराज निरौला ज्युले र कार्यक्रम सहजीकरण अनुगमन अधिकृत छबिलाल सिवाकोटीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search