सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था दुधौली शाखाले समूहका महिला तथा अभिभावकका लागि ब्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ५० वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो । । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को बागमती प्रदेश अन्तर्गत सिन्धुलि जिल्ला दुधौलि नगरपालिका ८ मा रहेको दुधौलि शाखाको आयोजनामा १ दिने ब्यावसायिक पशुपालन कार्यक्रम सम्पन भएको छ । दुधौलि नगरपालिका वाड नम्बर १२ को सभा हलमा सूरु भएको कार्यक्रमको दुधौलि नगरपालिका १२ को वाड अध्यक्ष ले उद्घाटन गर्नु भएको थियो भने पसु बिग्य रोसन खत्री र सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि का जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल र अनुगमन स्टेशन कार्यालय लहानको अनुगमन प्रमुख अधिकृत नरेस बहादुर लामा ले मन्तव्य राख्नुभएको थियो।
संस्थाका शाखा प्रबन्धक मनोज कुमार दनुवारका अनुसार दुधौलि नगरपालिका वडा नं. १२ को भवनमा भएको तालिममा ५० जनाबढी महिला तथा पुरुष को सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक दनुवारले बताए ।
तालिममा दुधौलि नगरपालिका १२ का वाड अध्यक्ष दिनेश कुमार भट्टराईले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न सहभागिहरुलाई अनुरोध गरे । यस्तै सोही अवसरमा संस्थाका जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत श्री मान प्रसाद फुयाल ज्युले अहिले देशमा अराजक समुहहरु बडेको र ति समुहहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको बताए र यसै संस्थाका अनुगमन अधिकृत श्री नरेस बहादुर लामाले वित्तीय साक्षेरता सम्बन्धी जानकारी दिएका थिए ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।
यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् ।
संस्थाका अनुगमन अधिकृत नरेस बहादुर लामा ज्युले स्वागत मन्तव्यबाट शूरु भएको थियो कार्यक्रमको संचालन यसै संस्थाका शाखा प्रमुख मनोज कुमार दनुवारले गर्नुभएको थियो ।