पौष २७ गते देखि कावासोतीमा माघी मेला सुरु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती । चितवन राष्ट्रिय निकुन्ज नजिकमा रहेको कावासोती दस चिलाहामा माघी मेला लाग्दैछ । स्थानीयको आयोजनामा शुक्रबारबाट ५ दिने खिचरा महोत्सव (माघी मेला) सुरु हुन लागेको हो । नयाँ वर्षको अवसरमा यहाँका थारु समुदायले खिचरा महोत्सव गर्ने भएका हुन् ।

माघ १ गते थारु समुदायको नयाँ वर्षसमेत हो । थारु समुदायले आ-आफ्नो टोलमा माघी धुमधामसँग मनाउने चलन छ । खिचरा महोत्सवमा थारु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सुराम महतोले जानकारी दिए । खिचरा महोत्सव आउँदो मंगलबारसम्म संचालन हुने छ ।

त्यसैगरी मेलामा थारु समुदायको लोकप्रिय खाना, चिचर, घोगी, माछा र गुन्द्रकका परिकार विशेष बनाइने छ । थारु समुदायको रैथाने खान्की र स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगोस् भनेर पनि महोत्सव, मेला आयोजना गरिएको हो ।

आयोजकका अनुसार खिचरा महोत्सवमा थारु समुदायका खाद्य परिकार, नारायणी नदीमा ढुंगा सयर, जंगल सफारी र टाइगर ट्रेल (बाघ हिँड्ने बाटोमा पर्यटकलाई पैदल हिँडाइने) कार्यक्रम राखिएको छ । पर्यटन व्यवसायी धनीराम गुरौका अनुसार ५ दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र खाद्य पदार्थ बिक्री गरेर पर्यटक आमन्त्रण गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...