गुलरिया । सुर्योदय वोमि लघुवित्त वित्तीय संस्थाको गुलरिया शाखाले एक कार्यक्रम आयोजना गरि राहत रकम हस्तान्तरण गरेको छ। गुलरिया नगरपालिका वार्ड न.०४ स्थित टपरी गाउमा गठित कोटही महिला समुहकी सदस्य स्व.लज्जावती गोडियाको मिति मिति २०८०/०७/२८गते असामायिक निधन भएकोले संस्थाले बिमा सुबिधा(सदस्य सुरक्षण) बाफतको रकम रु.३२५०००को चेक गुलरिया नगरपालिका वार्ड न.०४का वार्ड अध्यक्ष श्री सुरेश गौतमज्युले मृतकका श्रीमान सुरेश गोडियालाई हस्तान्तरण गर्नुभएको थियो। उक्त कार्यक्रममा संस्थाका कोहलपुर स्टेसनका अनुगमन अधिकृत कविन्द्र शाही,भवानीपुर शाखा प्रमुख भोज बहादुर सलामी,गुलरिया शाखाका प्रमुख पारश थापा लगायत उक्त संस्थाका कर्मचारी जित बहादुर धामी , दिपक बोहरा , ललिता थारु र समूह का सदस्यहरुको उपस्थित रहेको थियो।
कार्यक्रममा गुलरिया शाखाका प्रमुख पारस थापाले आफ्नो भनाई राख्दै कार्यक्रमको बारेमा प्रस्ट पार्नुभएको थियो । यसैगरी अनुगमन अधिकृत शाहिले लघुवित्त कार्यक्रम,बिमा तथा सदस्य सुरक्षणको बारेमा आफ्नो भनाई राख्नुभएको थियो। कार्यक्रममा वार्ड अध्यक्ष गौतमले लघुवित्तको महत्व र औचित्य यस्तै कारणले भएको र आगामी दिनमा समेत हातेमालो गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कोटही महिला समुहकी अध्यक्ष पार्वती पान्डे ब्रह्माण्ड ज्युले बिमा गर्दा हुने फाईदाको बारेमा आफ्नो धारण राख्दै बिमा गरिएकोले मृतकको परिवारले राहतको सास फेर्न सकेको र कर्जाको बिमा अति आवस्यक भएको बताउनुभयो।
मृतक सदस्यको तस्वीरमा अबिर तथा माला र धुप बाली सुरुवात गरिएको कार्यक्रममा, मृत आत्माको चिर शान्तिको कामना गर्दै एकमिनेट मौन धारण गर्दै पार्वती पाण्डे ब्रह्माण्डको अध्यक्षतामा सम्पन कार्यक्रममा प्रमुख अतिथि गुलरिया न.पा ४का अध्यक्ष सुरेश गौतम,विशिष्ट अतिथी अनुगमन अधिकृत कविन्द्र शाही,अतिथिहरुमा पारस थापा,भोजबहादुर सलामी आदि रहनुभएको कार्यक्रमको सहजिकरण मैनापोखर शाखाका शाखा प्रमुख बिष्णु भण्डारीले गर्नुभएको थियो।