मानव तस्करी गरेकाे आरेापमा नेपाली काँग्रेसका नेता पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

काठमाडौं । ‘मानव तस्करी’ गरेकाे आरेापमा नेपाली काँग्रेसका नेता पक्राउ परेका छन् ।

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने कांग्रेसका क्षेत्रीय नेता ४५ वर्षीय विनोद कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुन् । कार्की मोरङको पथरीशनिश्चरे नगरपालिका–७ निवासी हुन् ।

२०७९ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की मोरङ क्षेत्र नम्बर २ को प्रदेश २ बाट प्रदेश सांसदमा उठेका थिए । तर, त्यसबेला उनले चुनाव हारे ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कार्कीले नक्कली कागजातका आधारमा सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सहयोग गर्दै आएका थिए ।

कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी परिसर टेकु पठाइएको छ ।
यो खबर चक्रपथ डट कम बाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...