कावासोती । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि पैदलयात्रा सुरु गरेको छ ।
विहान सवा १० वजे नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकबाट सुरु भएको पैदलयात्रको कमाण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका छन् ।बुटवलसम्मको यात्रा तीनदिनमा पुरा गर्ने लामिछानेले बताए । बस्तीमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गर्ने तयारी भएको छ । यात्राको क्रममा रहेका लामिछाने भन्छन तीन दिनको यात्रामा रहँदा कुनैखाले सम्मान मेरो लागि चाहिदैन , मेरोलागी सडक अवरुद्ध नगरिदिनुस यो हाम्रो ध्यानाकर्षणको निमित्त गरिएको कार्यक्रम हो यदि ईच्छुक हुनुहुन्छ साथमै चल्न सडकमा कुनै अवरुद्ध प्रभाव नगरी एक साईडले हिडिदिन आग्रह समेत गरेका थिए ।
गैंडाकोट बाट सुरुगरिएको पदयात्रा समाचार बनाउदै गर्दा अहिले ३१ कि.मि. पार गरिसकेको छ । सभापति लामिछाने भन्छन यो कुनै बिजय हासिल गर्न गरिएको दौड हैन त्यसैले जति सकिन्छ यात्रा गरिन्छ नसकिएको अवस्था आए लौ सकिएन भनौला तर अवस्थाको बारेमा सदन सम्म पुग्न जरुरी छ र हामी बोलेर हैन गरेर देखाउने छौ ।
विसं २०७५ माघ २४ मा सम्झौता भएर ४२ महिनाभित्र एक सय १४ किलोमिटर सडक विस्तार सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकको पूर्व खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्छ।
सम्झौता भएको मितिले दुई महिनापछि विसं २०७५ चैत ८ गतदेखि सडक विस्तारको कामको सुरूआत भएको थियो।