जम्मु कश्मीरमा सेनाको गाडीमा हमला, तीन सैनिकको मृत्यु

जम्मु । जम्मु कश्मीरको राजौरी सेक्टरको थानामंडीमा दुईवटा सेनाको गाडीमा भएको चरमपन्थी आक्रमणमा तीन सैनिकको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते छन् ।

भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै तीन सैनिकको मृत्यु भएको र तीन जना घाइते भएको जनाएको हो ।सेनाले थानमण्डीको डेरा की गली क्षेत्रमा गएरातिदेखि अपरेशन गरिरहेको छ ।

बिहीबार दिउँसो ३ बजेर ४५ मिनेटमा सेनाका जवान दुईवटा गाडीमा अपरेशन साइटतर्फ जाँदै गर्दा अतिवादीले गोली चलाउन थालेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार यो हमला सुरनकोट पुलिस स्टेशन क्षेत्रको धत्यार टर्नमा भएकोथियो ।

बुधबार राति त्यहाँ चरमपन्थीको उपस्थिति पत्ता लागेपछि सेनाले खोजी अभियान चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search