इमानदार नेता !

इमानदार नेता ( कविता )

छुट्टै रवाफ
चोटिलो जवाफ
चुनाव जितेपछी
जनताको भैसकेपछी
चिन्दै चिन्दैन त्यो रामु काकालाई
अशक्त हरिमाया काकीलाई
र त उ इमानदार नेतामा गनिन्छ ।।

हिजो सम्म धुलो उड्ने बाटो
ग्राभेल गर्नुको साटो
अध्यारा गाउँहरु
अझ बिग्रीएका छन ठाउँहरु
दिनहुुँ हराउँछन चेली
छोरो अरबमा फसेको खवर
सुनाउदै रुन्छिन उजेली
सुनिदिन्छ हेरिदिन्छ तर मौन छ
र त उ इमान्दार नेतामा कहलिन्छ ।।

बाढिले गाउँ सक्ने भएछ
हिउँदमा ठेकेदारको टिप्पर चल्ने भएछ
बिकासका बजेटहरुमा
टेन्डर आफ्नै आफ्नैमा गएछ
मापदण्डका कुरा कागजमा राखेर
हिजो गरेको पिच भासिएर
हिड्न नमिल्ने भएछ
अस्ति अन्तरवार्ता दिदै हुनुहुन्थ्यो
जनताले चुनेको जनप्रतिनिधि हुँ
जनअपेक्षा अनुरुप काम गरेको छु
र त
एक इमानदार नेतामा चिनिन्छु ।

✍️बिमल अधिकारी
नवलपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search