नवलपुर । नवलपुर काङ्ग्रेस युवा नेता एल० एन० दवाडीले सम्मेलन माथि प्रश्न उठाएका छन् । सामाजिक संजाल मार्फत उहाँ ले प्रश्न उठाएका हुन् ।
देवचुलीमा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनमा शेर बहादुर देउवा गगन थापा लगाएत नेपाली काग्रेसका बिशिस्ट नेताहरुको उपस्तिथिती भएको उक्त कार्यक्रममा हुन नसकेका त्रुटिहरुको नवलपुर जिल्लामा रहेका युवा नेताहरुले खुलेर बिरोध गरेका हुन ।
दवाडीले समाजिक संजालमा लेख्छन नेपाली काङ्ग्रेस नवलपुरको जिल्ला सम्मेलन त भयो तर ? – बन्द सत्र प्रभाबकारी हुन सकेन, समुह बिभाजन गरेर प्रयाप्त बिषयमा प्रयाप्त छलफल हुन पर्थ्यो, धेरै जिल्ला स्तरका नेताहरु अधिबेशनमा पद मात्रै खोज्ने तर बन्द सत्रमा सहभागि नहुने देखीयो।
– पार्टीलाई थप परिस्कृत, सुधृढीकरण, रुपान्तरण, पुस्तान्तरण, समय सापेक्ष परिवर्तन गर्दै लैजाने खालका ठोस योजना तथा कार्यक्रमहरु पार्टी प्रतिवेदनमा केही आयन ।
– समाज रुपान्तरण र समृद्धि तर्फ अधि बढ्दै, समाजिक, जन स्तरका समस्याहरु तथा जनजिविकाका सबालमा पार्टीका तर्फबाट के कस्ता कार्यहरु गर्ने सो कुरा आउदै आयन ।
– स्थानिय तह देखी केन्द्रीय सरकारमा पार्टी पंक्तिको सहभागि तथा नेतृत्व हुदै गर्दा जनताका सबै खाले समस्यहरु समाधान गर्दै अधि बढ्ने जनतालाई दरो बिश्वास दिलाउने कुरा आयन ।
– नवलपुर जिल्ला नामाकरण, पुव पश्चिम राजमार्ग लगायल जिल्ला भित्रका महत्त्वकांक्षी योजनाका बिषयमा पार्टीको दाहित्व तथा भुमिकाको बिषयमा छलफल हुन सकेन ।
– पार्टी भित्र गुट उपगुटको अन्त्य गर्ने, क्षमताबान साथिहरुलाई अबसर दिने खालाका आगामि योजनाहरु आयन ।
– भातृ तथा शुबेच्छुक संस्थालाई चलायमान गराउने कार्यक्रम आयन आदी ।
समग्रमा राम्रो गर्न खोजे जस्तो गरी सम्मेलन कर्मकाण्डी मात्र गरियो । जसरी सम्मेलनले जिल्ला भित्रका सबै नेता कार्यकर्ताहरुमा जुन रक्त संचार आउनु पर्ने हो आएन, धेरैमा नेताका वरपर घुम्ने फोटो खिच्ने र पुन नेता बन्ने धुन मात्र देखीयो ।