अस्ट्रेलियाले जित्यो छैटौंपटक विश्वकपको उपाधि

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

एकदिवसीय क्रिकेटको विश्वकप उपाधि अस्ट्रेलियाले छैटौंपटक जितेको छ । आइतबार हैदरावादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेल जित्दै अस्ट्रेलियाले उपाधि हात पा¥यो । अस्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले सहजै हराएर लाखौ भारतीय समर्थकको मन पनि दुखायो । अस्ट्रेलियाले यसअघि १९८७, १९९९ २००३, २००७ र २०१५ मा विश्वकप उपाधि जितेको थियो ।

योसँगै अस्ट्रेलियाले लिग चरणमा व्यहोरेको हारको बदला पनि लिन सफल भयो । लिग चरणमा अस्ट्रेलिया भारत र दक्षिण अफ्रिकासँग मात्रै हारेको थियो । तर, यसपछि अस्ट्रेलियाले लिग चरणमा लगातार सात खेल जितेर सेमिफाइनलको यात्रा तय ग¥यो ।

अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएर लिग चरणमा हारको बदला लिन सफल भयो । यसैगरी, भारतलाई फाइनलमा पराजित गरेर अस्ट्रेलियाले लिग चरणमा प्राप्त हारको बदला लियो ।
भारतले पहिले ब्याटिङ गरेर २ सय ४१ रनको विजयी लक्ष्य दिएको थियो । सो लक्ष्य अस्ट्रेलियाले ४ विकेटको नोक्सानीमा ४३ ओभरमा प्राप्त गरेको थियो । भारतका जसप्रीत बुमराह र मोहम्मद शामीले शुरुमा तीन विकेट लिएर भारतीय टिमलाई केही आशा जगाएका थिए । तर, ट्राभिस हेड र मार्नस लाबुसानेले भारतको तेस्रोपटक विश्व विजेता बन्ने मनसाय चकनाचुर बनाइदिए ।

यसअघि, ओपनर डेभिड वार्नर ७ रनमै पभेलियन फर्के । उनलाई शामीले आउट गरेका थिए । अर्का ओपनर मिचेल मार्स १५ रनमा आउट भएका थिए । उनको विकेट बुमराहले लिएका थिए । स्टिभ स्मिथ ४ रनमा बुमराहलाई विकेट दिँदै पभेलियन फर्केका थिए । अस्टे«लियाले ४७ रन पुग्दा तेस्रो विकेटको रूपमा स्मिथलाई गुमाएको थियो । यसपछि लाबुसाने र हेडले तेस्रो विकेटका लागि १ सय ९२ रन साझेदारी गरेका थिए ।
लाबुसाने ५८ रनमा नटआउट रहे भने हेड १ सय ३७ रनमा सिराजको बलमा आउट भएका थिए । हेड आउट हुँदा अस्टे«लियाले जित्न २ रन मात्रै आवश्यक थियो । त्यो २ रन ग्लेन मेक्सवेलले लिएसँगै भारतीय भूमिमा अस्टे«लियाले उपाधि जित्यो ।

भारतका लागि केएल राहुल र विराट कोहलीले मात्रै अर्धशतक बनाए भने कप्तान रोहित शर्मा ४७ रनमै पभेलियन फर्केका थिए । यस्तै, भरोसामन्द ब्याटर शुभमन गिल र श्रेयस अय्यर ४-४ रन बनाएर सस्तैमा आउट भए । अघिल्ला खेलमा निकै चम्केका यी दुवै ब्याटरले फाइनल हेरिरहेका लाखौं भारतीय क्रिकेट प्रेमीको मुटु छिया छिया पारिदिए ।

विराट जसोतसो ५४ रन बनाएर आउट भए । यहीँबाट नै भारतका लागि ब्याटिङ कठिन बन्दै गएको थियो । त्यसो त राहुलले ब्याटिङ सम्हाले तर, उनी पनि ६६ रन जोडेर आउट भए । अन्यले अस्टे«लियाको बलिङविरुद्ध टिक्न साहसै गर्न नसक्दा भारतले सोचेजस्तो ३ सय रन पार गर्न सकेन । अस्टे«लियाको बलरमा मिचेल स्टार्कले ३, जोश हेजलवुड र पेट कमिन्सले २÷२ विकेट तथा ग्लेन मेक्सवेल र एडाम जाम्पाले १÷१ विकेट हासिल गरे ।
अपराजित भारत फाइनलमा चुक्यो

भारतले लिग चरणमा सबै ९ खेल जितेको थियो । आयोजकको रूपमा र लिग चरणमा सबै खेल जितेको आधारमा फाइनल पनि भारतले जित्ने अनुमान थियो । तर, अस्टे«लियाले भारतलाई हराएर लगातार जितको क्रम उपाधिको लाइसेन्स नभएको साबित गरिदियो ।
भारतले लगातार १० खेल जितेको थियो । सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको भारतका लागि अस्टे«लिया उपाधिको लागि तगारो बनिदियो । ११ औं खेलमा भारतको जादु सबै फिक्का भयो । बलिङ विधामा शामी, सिराज, जडेजाले निरासै पारे । अस्टे«लियाले पहिलो दुई खेल हारे पनि त्यसपछि लगातार ९ खेलमा जित हासिल गरेर भारतसँग उपाधि खोस्न सफल भयो ।

नयाँ दिल्ली, (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...