आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) भारत र अस्ट्रेलिया प्रतिस्पर्धा हुने समय तालिका छ । खेल भारतीय राज्य गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयानुसार दिउँसो २ः १५ बजेदेखि सुरु हुनेछ।
विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ । भने ५ पटकको विश्वविजेता अस्ट्रेलियालाई पनि उपाधिका लागि सकस रहेको आकलन गर्न सकिन्छ ।
भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो। अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो।
भारतले हालसम्म ३ पटक विश्वकप क्रिकेटको फाइनल खेलेको छ। जसमध्ये २ मा जित हात पारेको छ। अस्ट्रेलियाले ७ पटक फाइनल खेल्दा ५ पटक उपाधि चुमेको छ। विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच यसअघि १ पटक, सन् २००३ मा प्रतिस्पर्धा भएको थियो। उक्त म्याचमा भारतविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको थियो।
जारी विश्वकपको आफ्नो पहिलो म्याचमा नै अस्ट्रेलिया र भारतले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए। जुन म्याचमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी भएको थियो।