नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एकजना घाईते

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

प्रिय धन,नवलपुर ।
पूर्वी नवलपरासीको मध्यविन्दु १५ मा एकजनालाई बाघले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो करिब १ बजेको समयमा मध्यविन्दु १५ टिकुलीटारमा गिरुबारी खोलाको छेउमा भैंसी चराउन जाँदा ६० वर्षीय रेशराम थारुलाई एक्कासी बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाईते चौधरीलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डाबाट रिफर गरि भरतपुर सरकारी अस्पताल पठाईएको छ । थारुको टाउको र अनुहारमा चोट लागेको र अवस्था भने मध्यम रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...